site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
डा. गोविन्द केसीको माग पूरा गराउन लागेको भन्दै स्वास्थ्य मन्त्री थापालाई पार्टीबाटै धम्की !
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । डा. गोविन्द केसीको माग पूरा गराउन लागिपरेको भन्दै स्थास्थ्य मन्त्री गगन थापालाई पार्टीभित्रैबाट दबाव र धम्की आएको छ ।
स्रोतका अनुसार डिन केपी सिंहलाई राजीनामा गर्न लगाएको र डा. जगदिश अग्रवाललाई डिन बनाउन लागिपरेको भन्दै उनलाई पार्टीभित्रैबाट दबाव आएको हो ।
“डिन केपी सिंहलाई नै निरन्तरता दिनुपर्छ भन्ने र जगदिश अग्रवाललाई बनाउनै हुँदैन भनेर पार्टीभित्रैबाट लागेकाहरुले नै पार्टीमा फर्किनुपर्ला भनेर धम्की दिएका छन्,” थापा निकट स्रोतले भन्यो ।
मन्त्री थापालाई ‘मन्त्रीबाट हटेपछि त पार्टीमै आउनुपर्ला नि, त्यसबेला हामीले पनि जानेका छौं’ भन्दै धम्कि दिएका थिए ।
स्रोतले यस्तो भन्नेहरु पार्टीभित्रैका जिम्मेवार नेताहरु रहेको बतायो । 
तर थापाले भने यसबारेमा केही बताउन चाहेका छैनन् । थापा निकट स्रोतका अनुसार शिक्षा मन्त्रालयको क्षेत्राधिकारभित्र पर्ने विषयमा पनि थापाले जोड गरेको, पार्टीबाटै सिफारिसमा परेका डिन हटाउन भूमिका खेलेको भन्दै धम्की दिइएको हो ।
पछिल्लो तीन दिन लगातार बैठक राखेर थापाले केसीका माग पूरा गराउन भूमिका निर्वाह गरेका थिए ।
थापाकै प्रस्तावमा सरकारले केसीसँग वार्ता गर्न वार्ता समिति बनाएको थियो । सिंहले मन्त्री थापाकै आग्रह र दवावमा राजीनामा दिनुपरेको गुनासो गरेपछि उनलाई पार्टीभित्रैबाट यस्तो धम्की आएको स्रोतले जानकारी दियो ।  डा केसीको दोस्रो मागको रुपमा रहेको भीसीको राजिनामाका लागि पनि थापाले आवश्यकता भन्दा बढी पहल गरेको धम्की दिनेको आरोप रहेको छ ।
“शिक्षा मन्त्रालयको क्षेत्राधिकारभित्र रहेको विषय पनि स्वास्थ्यकै झैं गरेर अघि बढेको भन्दै पार्टीका केही नेता र स्वास्थ्यकर्मीले यसरी धम्क्याएका हुन सक्छन्,” स्रोतले भन्यो ।
स्वास्थ्य मन्त्री थापाका सल्लाहकार प्रताप पौडेलले नवौं अनशनका बेला नै प्रधानमन्त्री, शिक्षा मन्त्री लगायतलाई भेटेरै थापाले केसीले उठाएका मागमध्ये वरिष्ठताकै आधारमा डिन नियुक्त गरिदिन आग्रह गरेको बताए । उनले त्यसबेला नै गरिदिएको भए अहिले दशौं अनशन बस्ने अवस्था नआउने बताए ।
मन्त्री थापाले ६ महिनादेखि बस्न नसकेको काउन्सिलको बैठक राखेर मेडिकल कलेजहरुको सिट निर्धारण, ७ प्रदेशमा मेडिकल कलेज स्थापनाको प्रक्रिया अघि बढाएको, संसद्मा रहेको मनमोहन मेडिकल प्रतिष्ठान सम्बन्धी विधेयक फिर्ता,  नयाँ सम्बन्धन नदिने पहल लगायतका काम यसअघि नै गरेको सल्लाहकार पौडेलले बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७३  २०:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC