site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
वासिङटन डीसीबाट दोहा आउँदै गरेको जहाज ‘टर्बुलेन्स’ मा परेपछि पोर्चुगलमा आकस्मिक अवतरण, जहाजमा रहेका नेपाली यात्रु सकुशल
Sarbottam CementSarbottam Cement

काठमाडौं । अमेरिकाको वासिङ्टन डीसीबाट दोहा आउँदै गरेको कतार एयरवेजको उडान नम्बर QR ८०७ जहाज पोर्चुगलमा आकस्मिक अवतरण गर्नुपरेको छ ।
पोर्चुगलको पश्चिमी टापुमा रहेको लाजेस विमानस्थलमा सो जहाज आकस्मिक अवतरण गर्नुपरेको थियो । नेपाली समयअनुसार बिहान ७ः४५ मा डीसीबाट उडेको जहाज पाँचघण्टापछि ठूलो ‘टर्वुलेन्स’  (खराब मौसम ) मा परेको थियो ।  खराब मौसममा परेपछि जहाज असन्तुलन भएको थियो । 
टर्वुलेन्समा परेपछि जहाजभित्रै कम्तिमा दश जना घाइते भएको सोही जहाजमा सवार अलजजिराका पत्रकार आजाद एसाले बाह्रखरीलाई जानकारी दिए ।
उनका अनुसार घाइते भएका सबैजसो सिलिङमा ठोक्किएका थिए । ‘टर्बुलेन्स’ परेर सिटमा रहेका एक बालक उछिट्टिएर आयलमा ठोक्किएका थिए ।
अलजजिराका पत्रकार एसाले दिएको जानकारीअनुसार उक्त जहाजमा ५ देखि ८ जना नेपाली पनि सवार छन् । यात्रामा रहेका सबै नेपाली सकुशल रहेको उनले जानकारी दिए ।
घाइतेहरु सबैलाई स्थानीय पोर्चुगलको स्थानीय एक अस्पतालमा लगिएको छ । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ । लाजेस विमानस्थलमा रहेका सबै यात्रुलाई अर्को जहाजमार्फत दोहा ल्याउने प्रयास गरिएको छ । यसैबीच अमेरिकी नागरिकलाई पोर्चुगलकै एक होटलमा लगिएको छ भने अन्य देशका नागरिकलाई भिसा नभएका कारण विमानस्थलमै राखिएको छ ।

तस्बिर सौजन्यः आजाद एसा /@flightradar24

\"\"

Prabhu Bank
Agni Group
NIC Asia

 

\"\"

Global Ime bank

 

\"\"

 

 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १९, २०७३  १८:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC