site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । पदीय दायित्व पूरा नगरेको भन्दै ऊर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिरकणका ३ जना सञ्चालकसँग स्पष्टिकरण मागेको छ ।
विद्युत् प्राधिकरणका अध्यक्षसमेत रहेका ऊर्जासचिव अनुपकुमार उपाध्यायले नेपाल विद्युत् प्राधिकरण ऐनअनुसार काम कर्तव्य पुरा नगरेको, सञ्चालकको हैसियतले कार्यसम्पादन नगरेको पाइएको भन्दै ३ जना सञ्चालकलाई स्पष्टिकरण सोधेका छन् । सञ्चालक मनोजकुमार मिश्र, लक्ष्मणप्रसाद अग्रवाल र सुरज लामिछानेलाई स्पष्टिकरण सोधिएको हो ।


नेपाल विद्युत प्राधिकरण ऐनको दफा १९ बमोजिम काम कर्तव्य र अधिकारभित्र रही काम नगरेको, बोर्ड बैठकको माइन्युटमा लामो समयदेखि हस्ताक्षर नगरी संस्थालाई आर्थिक रुपमा नोक्सान पु¥याएको र अनधिकृत रुपमा बोर्ड बैठकको निर्णय भनी विभिन्न सञ्चार माध्यमहरुमा झुटा विवरण दिई संस्थाको गरिमा र काम कारवाहीमा असर परेको आरोप लगाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia


स्पष्टिकरण पेश नगरे वा सन्तोषजनक नभए कारवाहीस् अघि बढाउने स्पष्टिकरणमा उल्लेख गरिएको छ । 
नेपाल विद्युत प्राधिकरणका सञ्चालकहरुले कार्यकारी निर्देशकलाई असहयोग गर्न थालेपछि उर्जा मन्त्रालयले यस्तो स्पष्टिकरण माग गरेको हो ।
सञ्चालक र कार्यकारी निर्देशक कुलमान घिसिङबीच विभिन्न आयोजना अघि बढाउनका लागि कम्पनी गठन गर्ने विषयमा विवाद बढेपछि प्राधिकरणका कतिपय निर्णय प्रभावित हुने अवस्था आएको छ । सञ्चालकको असहयोगले मुलुकलाई लोडसेडिङमुक्त बनाउने प्राधिरणको योजना प्रभावित हुने भएको छ । 

\"\"

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७३  ११:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC