काठमाडौं । विश्वको प्रसिद्ध इलेक्ट्रोनिक्स कम्पनी सामसङले आफ्नो कम्पनी टुक्रयाएर दुई छुट्टा—छुट्टै कम्पनी बनाउनेतर्फ विचार गरिरहेको भन्ने तथ्यलाई पुष्टि गरेको बीबीसीले जनाएको छ ।
समाचारमा बताइएअनुसार दक्षिण कोरियाको यो प्रविधी कम्पनीका केही लगानीकर्ताहरुबाट कम्पनीलाई होल्डिङ कम्पनी र अपेरिटिङ कम्पनीमा टुक्र्याउन दवाव आएको छ । यसले कम्पनीको सेयरहोल्डर मुल्यमा प्रोत्साहन हुने बताइएको छ ।
यसअघि कम्पनीले लाभांस बृद्धि गर्ने तथा बेचिएका धेरै सेयरहरु खरिद गर्ने घोषणा गरेको थियो । यसबाट उत्पादित नोट सेभेन स्मार्टफोनमा समस्या आएपछि संरचनागत सुधारका लागि कम्पनीमाथि व्यापक दवाव आएको बताइएको छ ।
गत अक्टोबरमा नोट सेभेन स्मार्टफोनमा ब्याट्रिबाट आगो निस्कने समस्या भएपछि सामसङ्ले उक्त ब्रान्डको स्मार्टफोनको उत्पादन नै बन्द गरेको थियो । यसबाट कम्पनीलाई ठूलो आर्थिक नोक्सानी भएको थियो ।