site stats
बाह्रखरी :: Baahrakhari
पुनर्निर्माण
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पुरातात्विक पुनःनिर्माण ठेक्कामा नदिन सरकारको ध्यानाकर्षण
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । काष्ठमण्डपलगायत भूकम्पबाट भत्केका पुरातात्विक सम्पदाको पुनः निर्माण गर्दा ठेक्का लगाउन नमिल्ने धारणा प्रकट गर्दै पुरातत्व, संस्कृति, स्थापत्य कला तथा वास्तुकला क्षेत्रमा विख्यात व्यक्तित्वहरूले सरकारको ध्यानाकर्षण गरेका छन् । काष्ठमण्डप पुनःनिर्माण अभियानको आयोजनामा मंगलवार भएको कार्यक्रममा वक्ताहरूले ठेक्कापट्टामा गरिने पुनःनिर्माणले गुणस्तर र मौलिकता कायम रहन नसक्ने हुनाले अमानतमै बनाउनु पर्नेमा पनि जोड दिएका थिए ।
यसैगरी छलफलका सहभागीहरूले प्राचीन सम्पदाको पुनःनिर्माणमा परम्परागत निर्माण सामग्री तथा विधि र कौशलको प्रयोगको महत्त्वमा पनि जोड दिएका थिए । 
कार्यक्रममा नेपाल हस्तकला संघका अध्यक्ष धर्मराज शाक्य, हनुमान ढोका संग्रहालयका पूर्व प्रमुख तेजरत्न ताम्राकार, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. नरेशमान बज्राचार्य, पुरातत्व विभागका पूर्व महानिर्देशक कोशराज आचार्य, सांसद द्वय भीमसेनदास प्रधान र रामवीर मानन्धर, पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवर, प्रा. डा. सुदर्शनराज तिवारी, लुम्बिनी विश्वविद्यालयका पूर्व उपकुलपति त्रिरत्न मानन्धर एवं इतिहासविद् दीनेशराज पन्तले आआफ्नो मन्तव्य राखेका थिए ।
काष्ठमण्डप पुनःनिर्माण अभियानले जारी गरेको विज्ञप्तिमा राज्यले पुनःनिर्माणमा सही कार्यशैली नअपनाएकोमा चिन्ता प्रकट गर्दै जनस्तरबाट पुनःनिर्माणमा अग्रसर हुने तत्परता प्रकट गरिएको छ - "काष्ठमण्डपजस्तो राष्ट्ररिय महत्त्वको सम्पदाको पुनःनिर्माणको नेतृत्व राज्यले नै लिनु उचित हुन्छ भन्ने ठानेर अहिलेसम्म जनस्तरबाट पुनःनिर्माण कार्यमै संलग्न हुने चाहना प्रकट गरिएको थिएन । तर, राज्यको कार्य शैली हेर्दा अब पुनःनिर्माणका लागि जनस्तरको अग्रसरता आवश्यक देखिन थालेको छ । अमानतमा काम गराउने सरकारको रुचि र आँट दुवै नभएको देखिएकाले पनि जनस्तरबाटै अग्रसर हुनुको विकल्प देखिएन । यसैले जनस्तरबाट अमानतमा निर्माण गर्न र त्यसका लागि स्थानीय जनताको अगुवाइमा काम गराउने विकल्पसमेतमा विचार गर्नु जरुरी देखिन्छ ।"
स्मरणीय छ, हालै बौद्धस्थित महाचैत्यको पुनःनिर्माण जनस्तरबाटै सम्पन्न गरिएको छ तर सरकारले अधिकांश सम्पदाको पुनःनिर्माण थाल्नसमेत सकेको छैन ।

 

तस्बिर साैजन्य : अालोकसिद्धि तुलाधर

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७३  ११:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC