site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
फेसबुकले चीनका लागि गोप्य रूपमा सफ्टवेयर बनाइरहेको खुलासा
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । विश्वप्रसिद्ध सामाजिक सञ्जाल साइट फेसबुकले चीनका लागि गोप्य रूपमा एक सफ्टवेयर बनाइरहेको खुलेको छ, जसले खास क्षेत्रका मानिसहरुले पोस्ट गरेका विषय न्युज फिडमा देखिनबाट रोक्छ ।
अमेरिकाको प्रसिद्ध समाचारपत्र दि न्युयोर्क टाइम्सलाई फेसबुकका हालका तथा पूर्व कर्मचारीहरूसमेत तीन जनाले नाम उल्लेख नगर्ने सर्तमा उक्त कुरा बताएका हुन् । चीनमा हाल फेसबुक प्रतिबन्धित छ । 
उनीहरूका अनुसार यो बनाउनुको मुख्य कारण चीनमा फेसबुक पुर्याउनु हो । फेसबुकका प्रमुख मार्क जकरबर्गले यसको समर्थन गरेको तथा यस प्रयासको प्रतिरक्षा गरेको बताइएको छ । 
फेसबुकले सरकारको आग्रहलाई स्वीकार गर्दै यसअघि पाकिस्तान, टर्की तथा रसियाजस्ता देशहरूबाट आएका पोस्टहरु पनि रोक्ने गरेको बताइएको छ ।

फेसबुकले अनुमानित ५५ हजार सूचना गत जुलाई २०१५ देखि डिसेम्बर २०१५ को बीचमा रोकेको बताइएको छ । तर, फेसबुकले आफैं पोस्टहरु भने रोक्ने छैन ।
यसमा फेसबुकले उसको एक चिनियाँ पार्टनर कम्पनीले उक्त सफ्टवेयर मार्फत मानिसहरूले पोस्ट तथा सेयर गरेको लोकप्रिय समाचार तथा विषय मोनिटर गर्न सक्नेछ ।
यसपछि फेसबुकको चाइनिज पार्टनरलाई यो प्रयोगकर्ताको फिडमा देखाउने वा नदेखाउने भन्ने पुरा अधिकार हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७३  १४:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC