घटना क्रम

स्कुल बस दुर्घटनामा ६ बालबालिकाको मृत्यु

काठमाडौं । अमेरिकाको टेन्नेस्सी राज्यमा स्कुले विद्यार्थीहरु बोकेको बस दुर्घटना हुँदा सोमबार ६ जना बालबालिकाको मृत्यु भएको समाचार संस्था एएफपीले जनाएको छ ।
पाँचदेखि १० बर्षका ३५ जना बालबालिका रहेको उक्त बस रुखमा गएर ठोक्किएर दुर्घटना भएको बताइएको छ ।
सो घटनामा २३ जना बिद्यार्थी घाइते भएका थिए । उनीहरुको अस्पतालमा उपचार गरिएको बताइएको छ । प्रहरीका अनुसार घटनाको बारेमा छानबिन भइरहेको छ ।

तपाईंको मत